बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवाको खोपाङबाट सुनसहित एकजना पक्राउ

शुक्रबार, ०३ फागुन २०७५, १९ : ४६
शुक्रबार, ०३ फागुन २०७५

रसुवा । पासाङ ल्हामु राजमार्गको खोपाङबाट आज एक जना सुनसहित पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बसमा जाँच गर्दा तामाङको प्यान्ट्सको खल्तीमा सुन भेटिएको प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए । 

उक्त सुनको बजार मूल्य रु २४ लाख ५९ हजार रहेको छ । रसुवागढी नाका भएर २०७२ मङ्सिर १५ गतेदेखि हालसम्म प्रहरीले ४१ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप