सिंहदरबारको सेवा गाउँ पस्यो, स्थानीय बासिन्दा दंग
बाँके - बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका नागरिक यतिवेला दंग छन् । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिको आगमन, सुरक्षा निकाय, बैंक तथा वित्तीय संघसंस्था खुल्नु र गैरसरकारी संस्था स्थापना भएपछि चहलपहल बढेको छ । भारतीय सीमानजिकैको नरैनापुर गाउँपालिकामा विगतमा पहाडी मूलका नागरिक जान मान्दैनथे । नेपालगन्ज–बघौडाअन्तर्गत पर्ने ४४ किलोमिटर हुलाकी सडक निर्माण भएपछि मोटरसाइकलमा एक घन्टामा नेपालगन्ज पुग्न सकिने भएको छ । सरकारी गतिविधि बढेको तथा जनप्रतिनिधिको आउजाउ बढेका कारण स्थानीयलाई राज्य भएको अनुभूत भएको छ ।
स्थानीयले नेपाली भाषा बोल्न थाले
नरैनापुर गाउँपालिकामा अवधि र हिन्दी भाषा बोल्नेको संख्या धेरै छ । सरकारी कार्यालय स्थापना भएसँगै कार्यक्रम लिएर नेपालगन्जबाट सरकारी कार्यालय र गैरसरकारी कार्यालय जान थालेपछि हिन्दी एवं अवधी भाषा मात्र बुझ्ने नरैनापुरका सर्वसाधारणले नेपाली भाषा पनि बुझ्न र बोल्न थालेको नरैनापुर गाउँपालिका–५, मटेहियाका गुरुमरत यादवले बताए । ‘नेपाली भाषी र सरकारी कार्यालयसँग सम्बन्ध, सम्पर्क नभएपछि बोल्ने र बुझ्ने कुरै भएन,’ उनले भने । यो समाचार विश्वराज पछल्डङ्ग्या
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने