घोडालाई बोकाएर पानीको जाहो गर्दै डोल्पाका बासिन्दा
डाेल्पा - त्रिपुरासुन्दरी नगरपालिका, ३ सूँ गाउँमा खानेपानीको हाहाकार छ । गाउँका पानी मुहान सुकेपछि पानी अभाव भएको हो । मुहान सुकेपछि स्थानीयले गाउँदेखि परको मुहानबाट घोडामा बोकेर खानेपानी ल्याउन थालेका छन् । सूँ गाउँमा सयभन्दा बढी घरधुरी छन् ।
मूल सुकेपछि पानीको हाहाकार भएको सूँ गाउँका सन्तराज धरालाले बताए । गाउँबाट आधा घण्टाको दूरीमा रहेको मुहानमा घण्टौँ लाइन बसेर पानी भर्नुपर्ने र घोडा तथा खच्चडलाई बोकाएर पानीको जोहो गरिरहेको स्थानीय फुला डाँगीले सुनाइन् ।
पुखौँदेखि उपभोग गर्दै आएका पानीको मुहान एकाएक सुक्न थालेपछि सूँ गाउँमा खानेपानीको समस्या बढ्दै गएको डाँगीले बताइन्् । झुलारामा रहेको सानो मूलबाट पालैपालो पानी थापेर गुजरा चलाउँदै आएका स्थानीय त्यो मूल पनि सक्न थालेपछि झन् चिन्तित बनेका छन् । यो समाचार टेकबहादुर शाहीले अन्नपूर्णमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा