बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीलाई १०० रुपैयाँ दिन खोज्ने थापा प्रहरी फन्दामा

शनिबार, ०४ फागुन २०७५, १७ : २९
शनिबार, ०४ फागुन २०७५

काठमाडौं । शुक्रबार दिउँसो प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाही बाग्मती नगरपालिका राजगढ बस्ने २० वर्षीय सञ्जिव थपा रहेका छन् ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.१ ज ३८०१ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा चालक थापाले  प्रहरीलाई प्रलोभनमा पार्न १ सय रुपैयाँ दिन खोजेका थिए । 

दक्षिणकाली नगरपालिका–५ नारायणस्थानमा चालक थापाले उक्त रकम प्रहरीलाई दिएपछि उनलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप