चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या
अबुजा । राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन् ।
राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेका बताएका छन् ।
उनले आक्रमणकारीहरुले आक्रमण गर्नुको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन नसकेका बताए ।
घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाई छ ।
उनीहरुले घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही आशंङ्कीत व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् ।
स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले जानकारी दिए ।
उनीहरुले सुरक्षाकर्मीहरु र सरकारी अधिकारीहरुलाई सहयोग गर्न आह्वान पनि गरेको समाचारमा जनाइएको छ ।
निर्वाचनको दिन नजिकिदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन् ।
नाइजेरियामा आज शनिबारका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडीका लागि सारिएको छ ।
निर्वाचन हुने दिनको केही घण्टा अगाडी सूचना जारी गर्दै निर्वाचन पछाडी सारेर फेबु्रअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल