हिउँदे झरी अझै लम्बिने, फेरि वर्षा र हिमपात
काठमाडा – भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ ।
सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–शनिवार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताउनुभयो ।
‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार बिहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–मौसमविद् मीनकुमार अर्याल
मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।
गत मंगलबार भित्रिएको भू–मध्यसागरको वायुको प्रभावले शनिवार अबेरसम्म मौसम प्रत्यक्ष प्रभावित भयो । शनिवार अबेरसम्म देशभरि नै हिउँदे झरीको प्रभाव परेको महाशाखाले जनाएको छ ।
शनिबार साँझ सार्वजनिक मौसमी विवरणअनुसार पोखरामा १९, डडेलधुरामा १० दशमलव ९, ताप्लेजुङमा ७ दशमलव ४ र जुम्लामा ५ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यसै गरी काठमाडौं उपत्यकामा ४ दशमलव १ मिलिमिटर र अन्यत्र पनि मध्यम र हल्का वर्षा भएको महाशाखाले जनाएको छ । केही दिनअघि देशभर पानी पर्दा ठाउँ ठाउँमा हिमपात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल