सिटी एफए कपको क्वार्टरफाइनलमा
आइतबार, ०५ फागुन २०७५, ०९ : २७
एजेन्सी – म्यानचेस्टर सिटी एफए कप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पाँचौ चरणको खेलमा सिटीले दोस्रो डिभिजन क्लब न्युपोर्ट काउन्टीलाई ४–१ गोलले हरायो ।
पहिलो हाफ गोरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सिटीको जितमा लेराई सानेले ५१औं मिनेटमा पहिलो गोल गरे । फिल फोडिनले ७५औं र ८९औं मिनेटमा दुई गोल थपे ।
रियाद महारेजले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए । यसअघि ८८औं मिनेटमा न्युपोर्टका पडरिग अमोन्डले एक गोल फर्काएका थिए ।