शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भ्यालेन्टाइन डे’ मा रोमान्टिक बनेका दीपिका र रणवीरको तस्बिर भाइरल

आइतबार, ०५ फागुन २०७५, ०९ : ५५
आइतबार, ०५ फागुन २०७५

एजेन्सी – ‘भ्यालेन्टाइन डे’ मा रोमान्टिक बनेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादूकोणको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बुधबार रणवीर अभिनित फिल्म ‘गली ब्वाई’ को प्रिमियर शोमा उपस्थित भएकी दीपिकासँग रणवीर गाडीमा एकअर्कामा प्रेम साटासाट गरिरहेका भेटिएका हुन् ।

भ्यालेन्टाइन डेको अवसरमा यो जोडीको रोमान्टिक तस्बिरको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

 

तस्बिरमा रणवीर र दीपिका ‘कुल लुक्स’मा देखिएका छन् । दीपिकाले कालो टप्स र रिप्ड कालो जिन्स लगाएकी छिन् भने रणवीरले आर्मी रङको ज्याकेट लगाएका छन् ।

उनको नयाँ फिल्मको विशेष शोमा रणवीरका आमा, बुबा र बहिनी पनि उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप