शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो विवाह गरेकी रजनीकान्तकी छोरीले हनिमुनको तस्बिर पोष्ट गर्दा भइन् ट्रोल

आइतबार, ०५ फागुन २०७५, १२ : ५४
आइतबार, ०५ फागुन २०७५

अभिनेता रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तले ११ फेब्रुअरीमा विशगन वंगामुडीसँग विवाह गरेकी गिइन् । अहिले उनी हनिमुनमा छिन् र उनले श्रीमानसँगको हनिमुनको तस्बिर सोसल मिडियामा साझा गरेकी छिन् ।

हिउँले ढाकिएको ब्याकग्राउन्डसहितको तस्बिर निकै राम्रो छ तर यी तस्बिर काश्मिरस्थित पुलवामा हमलापछि पोष्ट गर्नु र मृतक जवानका लागि शोक प्रकट नगर्नु सौन्दर्याका लागि भारी भयो ।

सौन्दर्यालाई यसका लागि सोसल मिडियामा ट्रोल गरियो । एक प्रयोगकर्ताले सोसल मिडियामा लेखे, ‘कम्तीमा दुई दिनका लागि रोकिऊ । तपाईंहरु दुईजना रमाइलो गर्न सक्नुहुन्छ तर पोष्ट नगर्नुहोस् म्याडम । धन्यवाद... कारण सायद तपाईंलाई थाहा होला ।’

एक अन्य प्रयोगकर्ताले सौन्दर्याको पोष्टमा कमेन्ट गरे, ‘तपाईं रमाइलो गर्नुहोस् तर काश्मिरमा मारिएका जवानप्रति सहानुभूति पनि व्यक्त गर्नुहोस् ।’

केही प्रयोगकर्ताले सौन्दर्याले दोस्रो विवाह गरेर हनिमुन गएकोमा ट्रोल गरेका छन् । जवानको मृत्युमा सौन्दर्याले केही पनि पोष्ट नगरेकोमा एक प्रयोगकर्ताले लेखे, ‘पूरा देश रगतको आँसु रोइरहेको छ र तपाईं यस्तो तस्बिर पोष्ट गरिरहनुभएको छ । ’

ट्रोलपछि एकदिन सौन्दर्याले आफ्नो ट्वीटर ह्यान्डलबाट एउटा तस्बिर पोष्ट गर्दै शहिद भएका जवानलाई श्रद्धाञ्जली दिएकी छिन् ।

सौन्दर्या रजनीकान्तले ११ फेब्रुअरीमा विशिगन वंगामुडीसँग विवाह गरेकी हुन् । यो सौन्दर्याको दोस्रो विवाह हो । सौन्दर्याका एउटा छोरा पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप