शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्दीप बिग ब्यास लिग जित्नबाट बञ्चित, फाइनलमा हार्यो मलबर्न स्टारर्स

आइतबार, ०५ फागुन २०७५, १३ : २८
आइतबार, ०५ फागुन २०७५

युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत मेलबर्न स्टारर्स बिग ब्यास लिगको फाइनलमा पराजित भएको छ ।

आइतबार मेलबर्नमा भएको फाइनलमा स्टार्स मेलबर्न रेनेगड्सँग १३ रनले पराजित भएको हो ।

जीतका लागि १ सय ४६ रनको लक्ष्य पाएको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो ।

मेलबर्नका ओपनरले १३ ओभरमा ९३ रन जोडे पनि जीत हासिल गर्न सकेन ।

ओपनर बेन डंकले सर्वाधिक ५७ रन बनाए भने मार्कस स्टोइनिसले ३९ रन बनाए ।

रेनेगेड्सलाई जीत दिलाउन क्रिस ट्रेमेइन, क्यामरुन बोयस र ड्यानिय क्रिस्टियनले २–२ विकेट लिए । उनीहरुले स्टार्सको मध्यक्रमलाई ध्वस्त बनाएका थिए ।

यसअघि, टम कुपरको ४३ तथा क्रिस्टियनको ३८ रनको मद्दतले रेनेगेड्सले ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।

खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्च गरे । उनले खेलमा विकेट भने लिन सकेनन् ।

लिगमा ८ खेल खेलेर सन्दीपले २९.४ को औसतले ११ विकेट लिन सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप