शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निसानको नयाँ किक्स नेपाली बजारमा, यस्ता छन् विशेषता

आइतबार, ०५ फागुन २०७५, १८ : ३४
आइतबार, ०५ फागुन २०७५

काठमाडौं– निशान मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स बजारमा ल्याएको छ ।

किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा सहित आरामदायी सेवा दिनेछ । यसको फराकिलो भित्री भाग र आकर्षक बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ । अति राम्रा विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा सुरुवाती मूल्य ४७ लाख ९९ हजार र बढीमा ५९ लाख ९९ हजार पर्नेछ ।

किक्सका अन्य विशेषताहरुमा ८ इन्चको टच स्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश छ ।

यो एसयूभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुईप्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध छ ।

बिक्री प्रारम्भ समारोहमा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासँग ल्याउन सकेकोमा खुशी व्यक्त गरे । यसको स्टाइलिस डिजाइनले क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपुरकको काम गरेको छ ।

नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एच४के को ५ स्पीड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ के ९के डीसीआई को ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । यसको माइलेज क्षमता उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको कम्पनीको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप