बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धितोपत्र बजार : तीन अङ्कले घट्यो

आइतबार, ०५ फागुन २०७५, १९ : ०६
आइतबार, ०५ फागुन २०७५

काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर बढेको छ । होटल ५.५, विकास बैंक ३.६८ र उत्पादन ६.२५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.९२, व्यापार ४.१४, जलविद्युत् ८.३४, वित्त १.३६, निर्जीवन बीमा ९.०५, अन्य ७.७८, लघुवित्त १.६६ र जीवन बीमा ५३.७५ विन्दुले घटेको छ । 

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज ९.८७ प्रतिशतले नाफा कमाएका छन् । यस्तै उक्सेल डेभलपमेन्ट बैंक ५.३६, पञ्चकन्या माई हाइड्रो पावर ३.८१, मिर्मिरे लघुवित्त वित्तीय संस्था २.९३ र नबिल इक्विटी फण्डका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् । 

यस्तै कञ्चन डेपलभमेन्ट बैंक ६.८३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ५.२६, अरुण काबेली पावर ४.९०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.५५, ङादी समूह ४.१६ र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.१६ गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप