बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवि र लियोको ‘सुस्तरी’ माया

आइतबार, ०५ फागुन २०७५, १९ : १८
आइतबार, ०५ फागुन २०७५

काठमाडौं– चर्चित गायिका अञ्जु पन्त र गायक अनिश पाण्डेको स्वर रहेको रोमान्टिक गीत ‘सुस्तरी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर सार्वजनिक गरिएको गीतमा भानु भट्टराईका शब्द र पुरुषोत्तम सुवेदीको संगीत छ । 

गीतको भिडियोमा अवि राना र लियो ट्यांकको अभिनय देख्न रहेको छ । थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी सुन्दरी मोडल अवि रानाले भिडियोमा खुलेर अभिनय गरेकी छन् ।

भिडियोका निर्देशन डा.कपिल रिजाल रहेका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका रिजाल चर्चित स्त्री रोग विशेषज्ञ डा.भोला रिजालका छोरा पनि हुन् । भिडियोमा प्रेमिल जोडीको प्रेमाभावलाई निर्देशक रिजालले राम्रोसँग प्रस्तुत गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप