बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लोकदोहोरी प्रतिष्ठानले भन्योः ‘लुट्न सके लुट्’ लाई युट्युवमा फेरि ल्याऊ

आइतबार, ०५ फागुन २०७५, १९ : २५
आइतबार, ०५ फागुन २०७५

काठमाडौं – विवादमा आएपछि युट्युबाट हटाइएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट..’ पुन युट्युव हुबहु ल्याउन माग गर्न थालिएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले गीत फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल पछि गीत जस्ताको तस्तै युट्युवमा ल्याउन आग्रह गर्ने निर्णय गरेको प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘गीत संगीत, अभिनय लगायतका माध्यमबाट जनताले सरकार र सार्वजनिक पक्षधरको विरोध गर्न पाउनुपर्छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘ यो व्यक्तिगत स्वतन्त्रताको अधिकार हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप