शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘पुरानो बुलेट’को ट्रेलरमा कमेडी, एक्सन र रोमान्स

आइतबार, ०५ फागुन २०७५, १९ : ३६
आइतबार, ०५ फागुन २०७५

काठमाडौं– चैतको पहिलो साता प्रदर्शन मिति जुर्याएको फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।  फिल्मको ट्रेलरमा कमेडी, एक्सन, प्रेम, रोमान्स लगायतका बिषयबस्तुले प्रथामिकता पाएका छन् । बुलेट बाइक चढ्ने एक युवकको जीवनमा आउने उतारचढावको विषयमा फिल्म बनेको हो ।

फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु , कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, शिव मुखिया, दिवज राईलगायतको अभिनय देख्न सकिन्छ । फिल्म भिषण राईले निर्देशन गरेका हुन् । 
‘पुरानो बुलेट’ अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, वीरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । ‘पुरानो बुलेट’मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत समावेश छ । फिल्ममा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ ।

–कार्यक्रममा अभिनेता अनुपले फिल्ममा आफुले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको जानकारी दिँदै फिल्मबाट धेरै आशा रहेको बताए । 

–अभिनेत्री बर्षाले फिल्मको बिषय राम्रो लागेकोले अभिनय गरेको सुनाइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप