बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र समृद्धि नयाँ शक्तिको मूल एजेण्डा : बाबुराम भट्टराई

आइतबार, ०५ फागुन २०७५, २२ : १७
आइतबार, ०५ फागुन २०७५

गलकोट । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले विकास र समृद्धि नयाँ शक्ति पार्टीको प्रमुख एजेण्डा भएको बताएका छन् । 

नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आज बागलुङको गलकोट पुगेका डा भट्टराइले स्रोत र साधनले भरिएको मुलुकमा नयाँ योजनाका साथ अगाडि बढेमा समृद्धि टाढा नभएको बताए । 

उनले अबको पाँच वर्षमा गरीबी अन्त्य गर्ने, १५ वर्षमा मध्यमस्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको बताए । 

मध्यपहाडी पुष्पलाल लोकमार्गले पहाडको समृद्धिको ढोका खोलेको उनको भनाइ थियो । डा. भट्टराईले सरकारले भ्रष्टाचार निर्मूल पार्नुको साटो भ्रष्टचारीलाई प्रश्रय दिने खालको गतिविधि गरेको आरोप लगाए ।

आगामी फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने सो यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको निरीक्षण गरिने डा. भट्टराईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप