बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकलको ‘डम्पिङ साइट’ बन्दै नेपाल

सोमबार, ०६ फागुन २०७५, ०६ : ५०
सोमबार, ०६ फागुन २०७५

काठमाडौं । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ । काठमाडौ महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिब दुई दशक पुराना छन् । विदेशमा डेटस्पायर भए पछि विभिन्न निकायले नेपाललाई दमकल आवश्यक रहेको भन्दै भीख माग्ने अनि विदेशले नेपाललाई सहयोग स्वरुप थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन उपहारको रुपमा दिने गरेका छन् ।

अहिले राजधानी मात्रै होइन उपत्यका र वरपरका जिल्लामा आगलागी हुदा थोत्रा दमकल कै भर पर्नुपरेको छ । सुविधा सम्पन्न वारुण यन्त्र कार्यालयको रुपमा रहेको कामपाले परिचालन गर्ने अधिकांश दमकल मध्य केही त कामै नलाग्ने भएका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप