शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसलाई फेसबुकले मृत घोषणा गरिदियो

सोमबार, ०६ फागुन २०७५, ०७ : ५५
सोमबार, ०६ फागुन २०७५


काठमाडौं - गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । अफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।

त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै गायब भयो । त्यसमा लेखिएको थियो ‘दिस एकाउन्ट इज इन अ इस्पेसल मेमोरिखलाइज्ड स्टेट ।’ अर्थात ‘यो एकाउन्ट विशेष रुपमा स्मरणीय छ ।’

अनि, फेसबुकको हेल्प सेन्टरमा गएर यसको खास अर्थ खोजेँ । त्यहाँ प्रष्टै लेखिएको थियो , ‘मेमोराइज्ड अकाउन्ट कुनै पनि दिवंगत व्यक्तिलाई फेसबुकमा सम्झने र शोक व्यक्त गर्ने तरिका हो ।’ अब, भन्नुहोस् मेरो अवस्था के भयो होला ? यो समाचार नेरन्द्र साउदले अन्नपूर्णमा लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप