गेलद्वारा सन्यासको घोषणा
एजेन्सी – वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । गेलले आगामी मे ३० तारिखदेखि १४ जुलाई सम्म इङ्यान्डमा आयोजना हुने विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरको हुन् ।
अलराउन्डर गेलको सन्यासको विषयमा वेस्ट इन्डिज क्रिकेट बोर्डले ट्वीट मार्फत सार्वजनिक गरेको हो । ३९ बर्षीय गेलले सन् १९९९ मा भारतविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।
गेलले आफु एउटा भूमिकाबाट मुक्त हुन चाहने बताएका छन् । उनले टोलीमा नयाँ खेलाडीलाई मौका दिन आफुले यस निर्णाय गर्न लागेको पनि खुलाएका छन् ।
बुधबारदेखि इङ्यान्ड विरुद्धको ५ एकदिवसिय सिरिजका लागि टोलीमा परेका गेलले करियरको अन्तिममा देशलाई विश्वकप जिताएर विदा हुन पाए आफ्ना लागि त्यो भन्दा खुशी केही नहुने पनि बताए ।
एकदिवयीय क्रिकेटमा १० हजार रनको नजिक पुगेका गेल यस लक्ष्यमा दुई सय ७३ रनले पछि छन् । एकदिवयीयमा दुई सय ८४ खेल खेलेका गेलले २३ शतक र ४९ अर्धशतक बनाएका छन् ।
जसमा उनको सर्वाधिक स्कोर दुई सय १५ रन छ । उनले सन् २०१५ मा जिम्बावेविरुद्ध उक्त रन बनाएका थिए । एकदिवसीयमा उनले एकसय ६५ विकेट लिएका छन् ।
पछिल्लो समय छोटाे फरम्याटको क्रिकेटमा लोभिएका गेलको मुख्य ध्यान टी–२० र टी–१० तर्फ तानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो
-
ड्रिम गर्ल ३ बाट बाहिरिइन अनन्या पान्डे
-
शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
यसरी बित्यो कतारी राजा शेखको नेपालमा २२ घण्टा
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह