शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पादरी बन्ने सपना देखेका काश्मिर हमलाकर्तालाई स्कूलबाट फर्कने बेला सेनाले कुटेका थिएः अभिभावकको दाबी

सोमबार, ०६ फागुन २०७५, १० : ३०
सोमबार, ०६ फागुन २०७५

भारत प्रशासित काश्मिरको पुलवामामा सैनिकमाथि आत्मघाती हमला गर्ने आदिल अहमद दरलाई केही वर्षअघि सरकारी सुरक्षा फौजले कुटेको अभिभावकले दाबी गरेका छन् । आदिल जैस–ए–मोहम्मदका सदस्य थिए । उक्त आक्रमणमा ४५ सैनिकको मृत्यु भएको छ ।

आदिलका बुवा गुलाम हसन दरले रोयटर्ससँगको कुराकानीमा उनका छोरालाई विगतमा सेनाले कुटेको बताएका हुन् । गुलामका अनुसार सेनाले आदिललगायत उनका साथीहरुलाई कुटेपछि उनी कट्टर भएका हुन् । ‘उनीहरुलाई स्कूलबाट फर्कने बेला सेनाले रोकेर कुटेको र दुर्व्यवहार गरेका थिए,’ बुवा गुलामले भने ।

आदिलकी आमाले उक्त घटनापछि आफ्नो छोरामा सेनाविरुद्ध रिस उब्जिएको बताइन् । ‘उसलाई केही वर्षअघि भारतीय सेनाले स्कूलबाट फर्कने क्रममा कुटेका थिए । यो घटनापछि उनी भारतीय सेनासँग निकै रिसाएका थिए । ’

स्क्रोल डट इनसँगको कुराकानीमा गुलाम हसनले आफ्नो छोराले आमालाई घरको काममा निकै सघाउने गरेको बताए । आफ्ना दुई सन्तानमध्ये हसन कान्छो छोरो भएको उनले बताए । उनले भने, ‘मेरो कान्छो छोरोको पादरी बन्ने सपना थियो । कुरानका आठ अध्यायबारे सम्पूर्ण जानकारी हाँसिल गर्न चाहन्थ्यो ।’

भारतको काश्मिरमा आक्रमण गर्ने २१ वर्षे आदिल अहमद त्यहाँकै स्थानीय

‘पैसा कमाउनका लागि भिन्न काम गर्न रुचाउँथ्यो । सन् २०१७ मा उसले काठको बाकस बनाएर ५० देखि ६० हजार कमाएको थियो,’ उनले थपे ।

छोरासँगको अन्तिम भेटबारे बुवा गुलामले भने, ‘मैले आदिललाई सन् २०१८ को मार्च १९ तारिखमा अन्तिम पटक भेटेको थिएँ । ऊ त्यतिबेला निर्माण कार्यमा संलग्न थियो । त्यो दिन ऊ खाना खाएर आफ्नो साइकलमा निस्किएको थियो ।’ उनले भने, ‘त्यसको धेरै दिनपछि बन्दुक बोकेको उनको फोटो सोसल मिडियामा भाइरल भयो । हामीले कहिले पनि सोचेका थिएनौं, उसले यो बाटो अपनाउनेछ ।’

हमलापछि आदिल अहमद दरको १० मिनेट लामो भिडियो इन्टरनेटमा भाइरल भयो, जुन घटना हुनु अगावै रेकर्ड गराइएको थियो । आदिलले ‘यो भिडियो तपाईंहरुमाझ पुग्दासम्म म स्वर्गमा पुगिसकेको हुनेछु’ भन्दै भिडियोको सुरुवात गर्छन् ।

भारतको काश्मिरमा भएको आक्रमणबारे बोल्यो पाकिस्तानः हामीलाई यत्तिकै आरोप नलगाउ

उक्त भिडियोमा उनले आफू करिब एक वर्षअघि जैश–ए–मोहम्मदमा संलग्न भएको जानकारी दिए । आफूलाई उक्त हमलाको जिम्मेवारी दिइएको पनि उनले बताए । उनले काश्मिरका जनतालाई जैशमा संलग्न हुन आह्वान गर्दै अन्यायविरुद्ध लड्न धेरैभन्दा धेरै जनताको आवश्यकता भएको बताएका छन् ।

आदिल पाकिस्तान भ्रमणमा रहेका बेला उनलाई जैश–ए–मोहम्मदले आफ्नो संगठनमा संलग्न हुन मनाएको इन्डियाटुडेले बताएको छ । विगत एक वर्षमा आदिलले थुप्रै पटक पाकिस्तान भ्रमण गरेको पनि यसले बताएको छ ।

भारतको काश्मिरमा ठूलो आक्रमण, ४२ सुरक्षाकर्मीको हत्या

इन्डियाटुडेका अनुसार आदिललाई जैश–ए–मोहम्मदको हेडक्वार्टसमा लगिएपछि पाकिस्तानी संचालकसँग सम्पर्कमा भएको बताइन्छ ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप