शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काश्मिरमा आज फेरि मारिए मेजरसहित चार भारतीय सैनिक

सोमबार, ०६ फागुन २०७५, ११ : ०५
सोमबार, ०६ फागुन २०७५

भारत प्रशासित जम्मु–काश्मिरमा पुलवामा जिल्लाको पिंगलेना इलाकामा सोमबार भएको एक गोलीबारीमा सेनाका चार जवान मारिएका छन् भने एक जवान घाइते भएका छन् ।

अहिले गोलीबारी समाप्त भइसकेको तर सेनाको घेराबन्दी अहिले पनि जारी भएको बीबीसी हिन्दीले बताएको छ ।

पुलिस सूत्रका अनुसार सेनाको ५५ आरआर, सिआरपीएफ र एसओसीले संयुक्त अपरेशन सुरु गरेका थिए ।

सेनाले उक्त इलाकामा चरमपन्थी लुकेको सूचना पाएको थियो । सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले गोलीबारी सुरु गरे जसमा चार सैनिकको मृत्यु भयो । यसमा एक मेजर पनि समावेश छन् ।

सेनाको संयुक्त टोली गत हप्ता बिहिबार सरकारी सुरक्षा फौजमाथि भएको हमलापछि चरमपन्थीहरुको खोजी अभियान चलिरहेको छ । केही संदिग्ध इलाकामा सैनिकले फायरिङ गर्दा चरमपन्थीले गोलीबारी सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप