भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउने चेतावनी, टि–सीरिजबाट हटाइयो राहतको गीत
मुम्बई –चर्चित पाकिस्तानी कलाकारलाई भारत प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ । प्रशासित कश्मिरको पुलवामा सैनिकमाथि भएको आत्मघाती हमलापछि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक लगाउन माग गरिएको हो ।
आइतबार फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज् (Federation of Western India Cine Employees) , इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन (Indian Flim & Television Director's Association) (IFTDA) लगायत २४ फिल्म संघले र्यालीको आयोजना गरेर बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए ।
भूषण कुमारको कम्पनी टि–सीरिजले यूट्युब च्यानलबाट सबै पाकिस्तानी गायकको गीत हटाएको छ । टि–सीरिजले १५ फेब्रवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानले गाएको गीत ‘जिन्दगी’ लन्च गरेको थियो । कम्पनीले अहिले यूट्युव च्यानलको साथसाथै अन्य सामाजिक सञ्जालमा भएको म्यूजिक भिडियो पनि हटाएको छ ।
पुलवामा भएको आतंकवादी हमलाको बलिउड कलाकार सलमान खान, शाहरुख खान, प्रियंका चोपडा, आलिया भट्ट, अमिर खान, विकी कौशल, शबाना आजमी तथा अन्यले सामाजिक सञ्जालमा कडा निन्दा गरेका थिए ।
यसैगरी, फिल्म अभिनेत्री शबाना आजमी र लेखक जावेद अख्तरले पुलवामा भएको हमलापछि कराची जाने योजना रद्ध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)