प्रकृतिका यस्ता सुन्दर तस्बिर जसले मन जित्छ
बीबीसी
यूके राष्ट्रिय पार्कको ७० औं वर्षगाँठको मौकामा एक फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो ।
जसमा पिक डिस्ट्रिक राष्ट्रिय पाकैको यो तस्बिरलाई बिजेता घोषित गरियो । चेशयरमा बस्ने ग्राफिक डिजाइनर किरन मेटकाफको यो तस्बिरलाई लगभग १५ सय तस्बिरबाट छानिएको हो । बिजेता बनेपछि किरनले भने, ‘मेरो तस्बिर यो प्रतियोगिताका लागि छानिएको छ भन्ने थाहा पाउँदा निकै राम्रो लागेको थियो तर जब म नै बिजेता बनेँ भन्ने थाहा भयो तब मेरो खुसीको सिमाना रहेन ।’
ग्यारेथ सोम स्नोडोनिया नेशनल पार्कको यो तस्बिरका कारण उप बिजेता बनेका छन् । चार पटकको कोसिस पछि उनले यो तस्बिर खिच्न सफल भएको बताए ।
हेलेन स्टोररले ब्रोड्स नेशनल पार्कको यो तस्बिर खिचेका हुन् ।
क्लो स्विफ्टले डर्टमूर नेशनल पार्कमा बसेका आफ्नो चार र सात वर्षका छोराहरुको तस्बिर खिचेका हुन् ।
स्टिव बर्नेटले यो उडिरहेको उल्लूको तस्बिर क्यामरामा कैद गरेका हुन् ।
एक्समूर नेशनल पार्कको यो तस्बिरलाई शान दवेले आफ्नो क्यामरामा कैद गरेका हुन् ।
गिलियन थोमसले यो तस्बिर खिचेका हुन् । न्यू फरेस्ट नेशनल पार्कको यो तस्बिर गत वर्ष खिचिएको थियो ।
पेमब्रोकशायर कोस्ट नेशनल पार्कको यो तस्बिरमा समुन्द्री छालमा दौडिरहेको यो घोडाको तस्बिरलाई थोमस ब्राउनले खिचेका हुन् ।
जोन रोबर्टस्ले क्यारगोर्म नेशनल पार्कको यो तस्बिर खिचेका हुन् ।