बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नबिलले १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयर बनाउने, लाभांश पारित गराउन डाक्यो साधारणसभा

सोमबार, ०६ फागुन २०७५, ११ : ५८
सोमबार, ०६ फागुन २०७५

काठमाडाैं-नबिल बैंकले लाभांश प्रस्ताव पारित गराउन फागुन २७ गते साधारण सभा बोलाएको छ । 

बैंकले साधारणसभामा २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजादैछ   ।  बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार ५ सय २० रुपैयाँ हुनेछ । 

बैंकले तत्कालीन सेयरधनी एनआइडिसी डेभलपमेन्ट बैंकको साविकको १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव सभामा लैजानेछ । 

सर्वसाधारण सेयरधनीमा रुपान्तरण गर्न सञ्चालक समितिको सिफारिसमा नेपाल राष्ट्र बैंकको स्विकृतिका लागि समेत निवेदन दिइसकेको छ । त्यसको लागि आवश्यक स्विकृतिसमेत प्राप्त भइसकेको बैंकले भनेको छ । बैंकले साधारण सभाका लागि फागुन १४ गते बुक क्लोज गर्नेछ । 

चालु आवको दोस्रो त्रैमासम्म बैंकको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप