बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुको चौरासी गर्न हेलिकोप्टरमा आए छोराहरु

सोमबार, ०६ फागुन २०७५, १४ : ५६
सोमबार, ०६ फागुन २०७५

गुल्मी– गुल्मीको सदरमुकाम तम्घास चिदचौर माथिको आकाशमा हेलिकप्टर घुम्न के पाएको थियो, हेर्नका त्यसतर्फ दौडिने मानिसहरुको संख्य उत्तिखेरै बढ्यो । हिजो वामीटक्सारमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आएकोले उनै आए होलान् भन्ने अड्कल गर्न थालियो ।

कसैले कोही बिरामी परेर हेलिकप्टर मगाईएको होला भन्ने अनुमान पनि गरे । जब हेलिकप्टर चिदिचौरमा बस्यो । हेलिकोप्टरबाट यात्रु ओर्लिए पछि पो थाहा भयो तम्घास क्याम्पसरोडस्थित मानबहादुर श्रेष्ठका छोरा, बुहारी र नातिनीहरु आएका रहेछन्। 

बाबु श्रेष्ठको आजैदेखि चौरासी पुजा सुरु हुने भएकोले अमेरिकाबाट आएका जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ, माईला हिरण्य श्रेष्ठ, काठमाडौंमा रहेका साईला छोरा नगेन्द्र र अमेरिकामा रहेका कान्छा छोरा वीरेन्द्र श्रेष्ठ ,जेठी बुहारी सैलाजा, उनका छोरीहरु अर्पणा र अर्चना श्रेष्ठ हेलिकप्टरमा आएका हुन् ।

मानबहादुर श्रेष्ठका सम्दी अर्थात शैलाजाका पिता बेहोरेका कृष्णबहादुर कुँवरले भने– ‘काठमाडांैबाट भैरहवा विमानस्थलका लागि आज विहान साढे ७ बजेको टिकट बुक गरि दिएको थिएँ तर मौसम खराबीका कारण रद्ध भयो । त्यसैले सिधै हेलिकप्टरमा तम्घास आउनुपरेको हो । अमेरिकामा रहेका श्रेष्ठका छोराहरुले हरेक बर्ष घर आउँदा समाजेसवाको क्षेत्रमा काम गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप