शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमरेशले पशुपतिलाई २५ हजार दिने, आफै गीत गाए नेकपा सांसदले एक महिनाकै तलब दिने !

सोमबार, ०६ फागुन २०७५, १५ : ४९
सोमबार, ०६ फागुन २०७५

गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीतले संसदमा प्रवेश पाएको छ ।

प्रतिनिधि सभाको आजको बैठकको सुन्य समयमा नेपाली काँग्रेस संसद अमरेश कुमार सिंह र नेकपाका सांसद झपट रावल बीच जुहारी नै चलेको हो ।

काँग्रेस सांसद सिंहले गायक शर्माले गाएको गीतलाई प्रतिबन्ध लगाइएको भन्दै सरकारको आलोचन गरे ।

‘गायक पशुपति शार्माले लोकदोहोरी गीत गाएका थिए, तर दुई तिहाईको सरकारको आगाडि त्यस्तो गीत गाउन पाइन्छ ?,’ सिंहले व्यङ्ग्य गर्दै भने, ‘जनताको भावना व्यक्त गर्न पाइन्छ ? त्यसताको मुखमा त ताला लगाउनुपर्छ । सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्छ ।’

गायक शर्मालाई जनगायकको संज्ञा दिँदै उनले आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ सम्मानस्वरुप दिने घोषणा पनि गरे ।

सांसद सिंहभन्दा पछि बोलेका नेकपाका सांसद रावलले गायक शर्माले प्रतिपक्षी दलको पक्षमा गीत गाएको आरोप लगाए । ‘सुशील कोइरालाको पालामा ‘मलाई जापान पनि यहीँ’ भनेर गीत गाउने र अहिले ‘यमराजको शासन’ भनेर गीत गाउनु गायकको अज्ञानता ठानेको थिएँ । तर, प्रतिपक्षी दलका नेताले पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ,’ उनले भने ।

उनले सरकारले गीतमा कुनै पनि प्रतिबन्ध नलगाएको भन्दै भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई पशुपति शर्माले जोगाउन् भन्दै व्यङ्ग्य गरे ।

संसद् सिंहको प्रत्युत्तरमा यो गीत माननीय सांसदले गाएमा आफ्नो एक महिनाको पारिश्रमिक पुरस्कार दिने घोषणा गरे ।

गायक शर्माले बजारमा गीत ल्याएपछि सत्तापक्षका कार्यकर्ताहरु विरोधमा उत्रिएका थिए । त्यसपछि शर्माले आफै गीत युट्युबबाट हटाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप