शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने अमरेशको घोषणापछि प्रमोद खरेलले फर्काए यस्तो जवाफ

सोमबार, ०६ फागुन २०७५, १६ : ०९
सोमबार, ०६ फागुन २०७५

काठमाडौं– चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसद अमरेश कुमार सिंहले गायक शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । 

सांसद सिंहभन्दा पछि बोलेका नेकपाका अर्का सांसद झपट रावलले कांग्रेस संसद् सिंहको प्रत्युत्तरमा यो गीत अमरेशले नै गाएमा आफूले २५ हजार पुरस्कार दिने घोषणा गरेका थिए । 
यसरी एउटा कलाकारको गीतलाई लिएर नेताहरुबीच नै जुहारी चलेपछि गायक खरेलले काम गर्न अनुरोध गर्दै गीतमाथि राजनीति नगर्ने सुझाएका हुन् । 

खरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पशुपति शर्मालाई २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध‬–‪त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस् , जनताका लागि काम गर्नुस् ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस् । कर्म गर्नुस्, गीत माथि राजनिती नगर्नुस् ।’

गायक शमाले ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत बजारमा ल्याएपछि सत्तापक्ष र प्रतिपक्षका कार्यकर्ताहरु समेत पक्ष र विपक्षमा विभाजित देखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप