शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ३ वर्षीया र गुल्मीमा १२ वर्षीया बालिका बलात्कृत

सोमबार, ०६ फागुन २०७५, १६ : ५५
सोमबार, ०६ फागुन २०७५

बुटवल ।   पछिल्लो दश दिनको बीचमा  गुल्मीमा १२ बर्षिया बालिका र रुपन्देहीको बुटवलमा ३ बर्षिया बालिका बलात्कारको शिकार भएकी छन् । 

माघ–२४ गते राती  गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर–५ हसराकी १२ बर्षिया बालिका  कल्ली (नाम परिवर्तन )लाई बाग्लुङ्गको बरेङ्ग गाउँवालिका वडा नम्वर–२ का २७ वर्षिय विसन दर्जीले बलात्कार  गरेको प्रहरीले जनाएको छ ।

   जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता  प्रहरी निरीक्षक रबिन्द्रबहादुर खड्काका अनुसार आरोपीविरुद्ध पिडित बालिकाकी आमाले माघ २८ गते जाहेरी दिएकी थिइन् । आरोपी फरार भई बुटवलमा लुकेर बसेको र पछि प्रहरीले पछ्याउँदै जाँदा  बडिगाड खोला लाइनबाटै पक्राउ गरेको थियो । अभियुक्तलाई अहिले हिरासतमा लिई अदालतमा जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता गरिएको  छ ।
 यसैगरी इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लका अनुसार बुटवलमा ३ बर्षिया बालिका बलात्कारको शिकार भएकी छिन् । 

   उनका अनुसार फागुन ४ गते विहान करिव साढे १० बजेको समयमा बुटवल उपमहानगरपालिका वडा नम्वर–२ बस्ने ३० बर्षिय रमशे बिकले मनकामना टोलकी  ३ बर्षिया बालिकालाई मैनाबगरस्थित तिनाउखोलाका झाडीमा लगेर बलात्कार गरेका थिए ।

 निजले घरबाट  खोलामा लगेर नहाई दिन्छु भन्दै ललाई फकाई झाडीमा लगेर जवरजस्ती करणी गरेको डिएसपी मल्लले बताए ।

  निजलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको मल्ले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप