शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली जलविद्युत आयोजना: भारतीय कम्पनी जिएमआरले माग्यो १ वर्षको समय

सोमबार, ०६ फागुन २०७५, १८ : २२
सोमबार, ०६ फागुन २०७५

काठमाडौं– ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनीले जिएमआरले लगानी जुटाउन फेरि पनि म्याद थपको प्रस्ताव गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठकको प्रश्नोत्तर शत्रमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जीएमआरले आफूले उत्पादन गरेको विजुली बंगलादेशमा बिक्री गर्न दुई महिनाभित्र विद्युत खरिद सम्झौता हुने विश्वास दिलाउँदै वित्तीय व्यवस्थापनका लागि एक वर्षको समय माग गरेको बताए ।  

जिएमआरले लगानी जुटाउनका लागि लगानी बोर्डमा म्याद थपको निवेदन दिएको छ । जिएमआर र बोर्डबीच २०७१ सालको असोज ३ गते माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने गरी परियोजना विकास सम्झौता (पिडिए) भएको थियो । दुई वर्षे म्यादभित्र लगानीको जोहो गर्न नसकेपछि बोर्डले एक वर्ष म्याद थपेको थियो ।

पटक–पटक थपिएको म्याद गुजार्दै आएको जीएमआरको गत असोज महिनामा म्याद सकिएको छ । मन्त्री पुनले जीएमआरको तर्फबाट भारतीय सरकारी विद्युत कम्पनी एनबीबीएन र भारतीय उर्जामन्त्रीले विश्वास दिलाएको पनि जानकारी दिए । एनबीबीनसँग कुरा गर्दा बंगलादेश, एनबीबीएन र जीएमआरले आगामी मार्च २९ र ३० मा हुने नेपाल लगानी सम्मेलनमा बंगलादेशसँग विद्युत खरिद सम्झौता गर्ने तयारी समेत गरेको जानकारी पनि उनले दिए ।

उर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्न कार्ययोजनासहित अघि बढाएको पनि जानकारी दिए ।  सरकारले २७ प्रतिशत शेयर तथा १२ प्रतिशत बिजुली निःशुल्क पाउने आयोजना निर्माणमा १ खर्ब १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो समाचारको भिडियो, सर्भरमा भएको प्रश्नोत्तर सम्बन्धी दुबै भागबाट अनुकूलतामा लिइ प्रयोग गर्न सक्नुहुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप