बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनको पार्टीमा गर्ने खर्च पीडित बालबालिकालाई

सोमबार, ०६ फागुन २०७५, १८ : ४१
सोमबार, ०६ फागुन २०७५

बुटवल– जन्म दिनको अवसरमा महँङ्गा उपहार र भव्य पार्टीको आयोजना गरी गरिने फजुल खर्चको सट्टा अर्घाखाँचीका एक दम्पत्तीले आफ्ना छोराको जन्म दिनको अवसरमा पीडित बालबालिकाहरुलाई राहत प्रदान गरेर उदाहरणीय काम गरेका छन् । 

सन्धिखर्क नगरपालिका–१ बसपार्कका युवराज खत्री र राधा खत्रीले आफ्ना जेठा छोरा राजन खत्रीको जन्म दिनमा सन्धिखर्क मै रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका फरक क्षमताका पीडित बालबालिकाहरुलाई १५ थान न्यानो कपडा  प्रदान गरिएको हो ।

राजनकी आमा राधा खत्रीले छोरालाई उपहार र जन्म दिनको पार्टीमा फजुल खर्च गर्नुभन्दा उक्त रकमले थोरै भए पनि पीडित बालबालिकालाई राहत हुने भएकोले सुस्त मनस्थितिका बालबालिकालाई न्यानो कपडा बाँड्न आएको बताईन् ।  

अर्घाखाँची उद्योग वाणिज्य संघका सहसचिव प्रदिप मिश्र, शिक्षिका कमला भुसालले खुलेर उनीहरुको कामको खुलेर प्रशंसा गर्दै सबैले यस्तै कार्यको अनुकरण गर्नु पर्नेमा जोड दिए । अर्घाखाँचीमा पछिल्लो चरण जन्म दिनमा गरिने फजुल खर्चको सट्टा त्यसरी नै सामाजिक कार्यमा खर्च गर्ने लहर बढ्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप