बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिवम् सिमेन्ट आईपीओः पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताका लागि आवेदन

सोमबार, ०६ फागुन २०७५, १९ : ०५
सोमबार, ०६ फागुन २०७५

काठमाडौं–  शिवम् सिमेन्टले प्रभावितसहित सर्वसाधारणको लागि खुला गरेको शेयरमा पहिलो दिन ७ लाख ४३ हजार ६ सय कित्ताको लागि आवेदन परेको छ ।

सोमबार साँझ ६ वजेसम्म २२ करोड ३० रुपैयाँ बराबरको आबेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले आजदेखि सर्वासधारणको लागि प्रति कित्ता ३०० रुपैयाँ र प्रभावित क्षेत्रका बासिन्दाको लागि २०० रुपैयाँ प्रति कित्ताको दरले शेयर निष्काशन गरेको थियो ।

जसअनुसार, सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको शिवम्ले प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले छिटोमा फागुन ९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत्र ५ गतेसम्म बिक्री खुला गर्ने पनि जनाएको छ ।

सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम खुला गरिए बराबरकै लागि आवदेन दिन पाउने शिवम्ले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप