काश्मिर हमलाबारे प्रतिक्रिया माग्नेलाई सानियाको गतिलो जवाफ
बीबीसी
भारतीय टेनिस खेलाडी सानिया मिर्जाले पुलवामा हमलाको विरोध गर्दै इन्स्टाग्राममा एउटा पोष्ट लेखेकी छिन् । उनले हमलाको दिन अर्थात् फेब्रुअरी १४ लाई भारतको कालो दिन बताएकी छिन् ।
साथै सानिया मिर्जाले यो पोष्टमा रिससमेत व्यक्त गरेकी छिन् । सेलिब्रिटीसँग हरेक मसलाको प्रतिक्रिया माग्नेलाई सानियाले गतिलो जवाफ फर्काएकी छिन् ।
सानियाले आफ्नो पोष्टमा यस्तो लेखेकी छिन्ः
‘यो पोष्ट ती व्यक्तिहरुका लागि हो, जसले सेलिब्रिटी भएको नाताले हामीले हाम्रो देशका लागि देशभक्ति वा चिन्ता भएको प्रमाणित गर्न हरेक हमलाको विरोध गर्दै ट्वीट र इन्टाग्राममा प्रतिक्रिया दिनुपर्ने आवश्यक ठान्छन्... किन ? किनभने हामी सेलिब्रिटी हौं र तपाईंमध्ये केही व्यक्ति कुण्ठित हुनुहुन्छ जसलाई तपाईंले आफ्नो रिसको निशाना बनाउनका लागि अन्य कुनै ठाउँ पाउनुहुन्न र जो घृणा फैलाउनका लागि कुनै मौका पनि छोड्दैनन् ।’
‘मैले कुनै पनि हमलाको सार्वजनिक रुपमा विरोध गर्न वा आतंकवादको विरुद्धमा छौं भनेर छतबाट चिच्याउन आवश्यक छैन.... यसमा कुनै शंका छैन, हामी आतंकवाद र यसलाई फैलाउनेको विरोध गर्छौं ।’
उनी थप्छिन्, ‘म आफ्नो देशको लागि खेल्छु, उसैको लागि पसिना बगाउँछु र यसरी नै म आफ्नो देशको सेवा पनि गर्छु । म सिआरपीएफका जवान र उनीहरुको परिवारको साथमा छु । मेरो मन उनीहरुसँग छ । उनीहरु हाम्रो देशलाई बचाउने वास्तविक हिरो हुन् । १४ फेब्रुअरी भारतको कालो दिन थियो र म आशा गर्छु कि यस्तो दिन अब कहिले पनि देख्न नपरोस् । जस्तो सुकै संवेदनाले पनि यो घाउ कहिले पनि निको हुन सक्दैन ।’
इन्ग्राममले लेखिएको उक्त पोष्टमा उनी थप्छिन्, ‘यो दिन बिर्सन सकिँदैन न नै बिर्सनु हुन्छ तर पनि म शान्तिका लागि प्रार्थना गर्छु र तपाईंले पनि घृणा फैलाउनुको साटो यस्तै गर्नुपर्छ । तपाईंले अरुहरुलाई ट्रोल गरेर केही पनि पाउनुहुन्नँ । यो संसारमा आतंकवादका लागि न कुनै स्थान छ न कहिले हुनेछ ।’
‘देशको सेवा गर्नका लागि आफ्नो बाटो तय गर्नुहोस् । यत्तिकै बसेर, अपशब्द बोलेर र चर्चित सेलिब्रिटीले कुन घटनामा के भने भनेर कुर्नुको सट्टा आफ्नो योगदान दिनुहोस् । हामी सोसल मिडियामा घोषणा गरेबिना नै आफ्नो स्तरबाट योगदान दिइरहेका छौं... प्रार्थना र शान्ति ।’
सानियाको यो पोष्टमा कतिले उनको कुरा समर्थन गरे भने कतिले ‘पाकिस्तान मुर्दाबाद’ वा ‘नाइस जोक’ जस्ता कमेन्ट लेखे ।
भारत प्रशासित काश्मिरमा फेब्रुअरी १४ मा पुलवामा सरकारी सैनिक फौजमाथि भएको आत्मघाती हमलामा ४० जवानको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?