बार्सिलोना लियोनको घरमा भिड्दै, लिभरपुल र बायर्नमा को चम्केला ?
युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज (मंगलबार) राति स्पेनिस महारथि बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । पहिलो लेगको खेल खेल्न बार्सिलोना फ्रान्स पुगिसकेको छ । च्याम्पियन्स लिगको यस खेललाई निकै महत्वपूर्ण मानिएको छ ।
स्पेनिस ला लिगामा पकड जमाइरहेको बार्सिलोना लियोनलाई हराउने योजनामा छ । लियोन पनि घरेलु मैदानमा कुनैपनि हातलमा बार्सिलोनालाई रोक्ने प्रयत्नमा रहनेछ ।
ला लिगामा २४ खेलबाट ५४ अंक सहित शीर्ष स्थानमा रहेको बार्सिलोना तथ्यांकमा बलियो देखिएको छ । यता लियोन घरेलु लिग वानमा तेस्रो स्थानमा छ । उसले लिगमा २५ खेलबाट ४६ अंक बनाएको छ ।
च्याम्पियन्स लिगको अन्तिम ३२ मा बार्सिलोना समूह ‘बी’ मा थियो । सो समूहबाट बार्सिलोना समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । जसमा बार्सिलोनाले टोट्टनहाम जस्तो बलियो टिमलाई ४–२ गोलले हराएको थियो ।
लियोन समूह ‘एफ’ को उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो । समूह चरणमा लियोनले म्यानचेस्टर सिटीलाई उसैको मैदानमा हराएको थियो । त्यसैले अन्तिम १६ मा लियोनले बार्सिलोनालाई कडा टक्कर दिने अनुमान गरिएको छ । घरमा हुने भएकाले पनि लियोनको मनोबल उच्च देखिएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति हुने अन्तिम १६ को अर्को खेलमा इङ्गिलस महारथि लिभरपुल र जर्मन टोली बायर्न म्युनिख भिड्दैछन् ।
बायर्न बुन्डेसलिगाको दोस्रो स्थानमा छ । लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा छ ।
लिभरपुलको मैदानमा हुने च्याम्पियन्स लिगको यस भिडन्त पनि निकै रोचक र प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा