बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख, सलमान, आमिरका कारण बर्बाद भयो यी ‘हट’ नायिकाको करियर !

मङ्गलबार, ०७ फागुन २०७५, १२ : १९
मङ्गलबार, ०७ फागुन २०७५

फिल्म ‘खून भरी मांग’ मा आफ्नो अन्दाजले रेखालाई टक्कर दिने सोनू वालिया अचानक पर्दाबाट गायब भइन् । उनको पर्दाबाट गायब हुनुको कारण निकै अचम्मित गरिदिने किसिमको छ ।

एक अन्तर्वार्तामा जब सोनूलाई इन्डष्ट्रिबाट टाढा हुनुको कारण सोध्दा यसका लागि बी–टाउनका तीन खानलाई जिम्मेवार बताइन् ।

वेबसाइट ग्ल्यामश्याममा छापिएको रिपोर्ट अनुसार सोनूले भनिन्, ‘जब मैले फिल्म इन्डष्ट्रिमा इन्ट्री लिएँ तब अमिताभ बच्चन, विनोद खन्ना, धर्मेन्द्र, फिरोज खानजस्ता हिरो अवकाश लिने तयारीमा थिए । उनीहरुको स्थानमा जवान खान (शाहरुख, सलमान र आमिर) ब्रिगेडले लिएका थिए जो मेरो हाइट (पाँच फुट ८ इन्च) भन्दा साना थिए ।’

तर कारण जे भएपनि उनी आफ्नो छोटो करियरमा पनि गहिरो छाप छोड्न सफल भइन् । उनी बलिउडकी बोल्ड नायिकामा गनिन्छिन् । विशेषगरी फिल्ममा उनको किसिङ सीन चर्चामा थिए ।

आफ्नो फिल्मी करियरको दोस्रो र सबैभन्दा चर्चित फिल्म ‘खून भरी मांग’ का लागि सोनूले उनको पहिलो फिल्मफेयर अवार्ड पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप