बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काश्मिर हमलाको पाँच दिनपछि बोल्यो सेनाः आफ्ना भड्किएका बच्चाहरुलाई आत्मसमर्पण गराउनुस् नभए मारिनेछन्

मङ्गलबार, ०७ फागुन २०७५, १२ : ४७
मङ्गलबार, ०७ फागुन २०७५

फेब्रुअरी १४ तारिखमा भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा सरकारी सुरक्षा फौजमाथि गरिएको चरमपन्थी हमलामा ४० जवान मारिएको पाँच दिनपछि पहिलो पटक मुख खोलेको छ ।

मंगलबार एक पत्रकार सम्मेलन गर्दै लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले काश्मिरका सबै आमालाई आफ्ना भड्किएका बच्चाहरुलाई बोलाएर आत्मसमर्पण गराउन अपिल गरेका छन् ।

ढिल्लनले भनेका छन्, ‘म काश्मिरी आमासँग आफ्ना भड्किएका बच्चाहरुलाई आत्मसमर्पण गराउन अपिल गर्छु नभए उनीहरु मारिनेछन् । बच्चाको लालनपालनमा आमाको महत्वपूर्ण भूमिका हुन्छ । उनीहरुले आफ्ना छोराहरुलाई फर्केर आउन सम्झाउनुस् । जसले बन्दुक उठाउँछन् उनीहरु मारिनेछन् ।’

ढिल्लनका अनुसार पुलवामा मुठभेडमा सोमबार तीन आतंककारी मारिए । सय घण्टाभित्र जैशका आतंकवादीहरुलाई मारिएको उनले जानकारी दिए ।

यति ठूलो हमला कसरी भयो, यसमा ढिल्लनले भने, ‘यो अनुसन्धानको विषय हो र यो चलिरहेको छ । अनुसन्धानमा विभिन्न पाटा खुलेका छन् तर हामी साझा गर्न सक्दैनौं । हाम्रा कमान्डर फ्रन्टमा थिए र उनीहरुले सर्वसाधारणलाई बचाउनु थियो । म काश्मिरीसँग अनुरोध गर्न चाहन्छु कि उनीहरु इन्काउन्टर स्थलबाट अलग रहनुहोस् ।’

ढिल्लनले भने, ‘१४ फेब्रुअरीमा जस्तो हमला भयो त्यस्तो पहिले कहिले पनि भएको थिएन । यस्तो हमला सिरिया र अफगानिस्तानमा मात्र हुन्छन् । जैश–ए–मोहम्मद पाकिस्तानी सेनाको नै बच्चा हो । पाकिस्तानी सेना जैशमा शत प्रतिशत संलग्न छ ।’

सेनाका कमान्डर कंवलजीत सिंह ढिल्लनले भने, ‘हामी जैश–ए–मोहम्मदको नेतृत्वको खोजी गरिरहेका छौं । काश्मिर घाटीबाट जैशको पूरा नेतृत्व समाप्त भएको कुरा बताउँदा हामी खुसी भइरहेका छौं । जैशको पूरा नेतृत्व पाकिस्तानबाट संचालित भइरहेको थियो ।’

सेनाका अनुसार सोमबारको अपरेशनमा कामरान नामका एक आतकंकारी मारिएको थियो जुन पुलवामाका आत्मघाती हमलाकर्ता आदिल अहमद डारका साथी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप