मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पानी जहाज कार्यालयले निकाल्यो विज्ञप्ति: ‘कर्मचारी हेर्न एकान्तकुनामा आउनुस्’

मङ्गलबार, ०७ फागुन २०७५, १५ : २९
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडौं– नेपाल पानी जहाज कार्यालयले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमहरुमा आएको समाचारको खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कार्यालयले पानी जहाज कार्यालय सञ्चालनमा आएको भोलीपल्ट देखिनै बन्द भएको भ्रामक खबर सम्प्रेषण भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

कार्यालयका निमिक्त रजिष्टार अमृतमणि रिमालले फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले विधिवत रुपमा काम गर्दै आएको उल्लेख गर्दै अन्य कुराहरुको पनि जानकारी चाहिए एकान्तकुनास्थित कार्यालयमा आउन विज्ञप्तिमा भनिएको छ ।

एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानी जहाजको पनि कार्यालयको रुपमा फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

उक्त दिन र भोलिपल्ट जाँदा समेत सो कार्यालयमा कर्मचारीको व्यवस्था गरिएको थिएन । सञ्चारमाध्यमहरुले पानी जहाज कार्यालय स्थापना भएपनि कर्मचारी नभएको समाचार लेखेपछि कार्यालयले कर्मचारी रहेको जानकारी गराउँदै सो विज्ञप्ति निकालेको हो ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप