शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भ्रष्टाचारीले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनः नेता नेपाल

मङ्गलबार, ०७ फागुन २०७५, १५ : ३६
मङ्गलबार, ०७ फागुन २०७५

रौतहट–पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भ्रष्टाचारीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् । उनले वर्तमान सरकार भ्रष्टाचारीप्रति आक्रामक रुपमा प्रस्तुत हुने पनि बताए । 

    
राजदेवी मिडिया सेन्टरद्वारा मंगलवार रौतहटको गौरमा आयोजित ‘सातौं महिला साइकल दौड प्रतियोगिता’ मा विजयी भएका छात्रालाई पुरस्कार वितरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालले  भ्रष्टलाई कुनै हालतमा नछाडिने बताए । 
        
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता स्थापना भई संविधान जारी भएपनि सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य अझै बाँकी रहेको भन्दै नेता नेपालले जनता सुखी एवम् समृद्ध नभएसम्म देशमा विकास हुन नसक्ने स्पष्ट पारे । 
    
नेता नेपालले हुलाकी राजमार्ग सम्पन्न गराउने, मध्य लोकमार्ग पूरा गराउने, पुर्व पश्चिम राजमार्गलाई ८ लेनको बनाउने, मेचीदेखि महाकालीसम्म विद्युतीय रेल संचालन गर्ने, समाजिक सुरक्षा भत्ता, मजदुर, श्रमिकलाई सुरक्षा भत्ता, वेरोजगारलाई भत्ता वा रोजगारको व्यवस्था गर्ने जस्ता लक्ष्यका साथ वर्तमान  सरकार अघि बढेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप