शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कश्मिर आक्रमणपछि भारतका विभिन्न स्थानमा दक्षिणपन्थी हिन्दू संगठनको निशानामा कश्मिरीहरु

मङ्गलबार, ०७ फागुन २०७५, १७ : ३३
मङ्गलबार, ०७ फागुन २०७५

एजेन्सी । बिहीबार भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा एक उग्रवादी संगठनले आत्मघाती आक्रमण गर्यो । स्थानीय २० वर्षे अदिल दारले विष्फोटक पदार्थले भरिएको कारलाई भारतीय अर्धसैनिक सीआरपीएफको गाडिमा ठोक्काउँदा ४२ जवानको ज्यान गयो । 

उक्त आक्रमणलाई कश्मिर द्वन्द्वमा पछिल्लो ३० वर्षमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

पाकिस्तानमा आधार रहेको जैश–ए–मोहम्मदले हमलाको जिम्मेबारी लिएको छ । कश्मिरमा सक्रिय रहेका कयैन पृथकतावादी संगठनहरुमध्य यो सबैभन्दा उग्र मानिन्छ । 
विहिबारको आक्रमणदेखि कश्मिरबाट बाहिर बसिरहेका कश्मिरीहरुमाथि घृणा र आक्रमणका घटना बढेका छन् । कयैन स्थानमा कश्मिरीहरु बसिरहेको बासस्थान खाली गर्न धम्की आइरहेको रिपोर्टहरु पनि आइरहेका छन् । 

‘देशद्रोहीहरुलाई गोली ठोक’
देहराहदुनको एक संस्थानमा भौतिकशास्त्र पढिरहेका २३ वर्षे निशार अहमद(नाम परिवर्तित)ले शुक्रबार एक भीडले उक्त क्षेत्रका कश्मिरी विद्यार्थीहरुमाथि हातपात गरेको बताए । 

अहमदले त्यसको भोलिपल्ट ७० जना जतिको समूहले ‘देशद्रोही कश्मिरीहरुलाई गोली ठोक’,‘उनीहरुलाई लखेट’ भन्ने नारा लगाउदैं र्याली निकालेको पनि जानकारी दिए । 
“यहाँको अवस्था निकै तनावपूर्ण छ । हामीहरु निक्कै असुरक्षित महसुस गरिरहेका छौं ,” उनले भने । 

देहरादुनमै विज्ञान पढिरहेकी २४ वर्षे आष्मा अशर्फले पनि आफूहरु बस्ने होस्टललाई भीडको समूहले घेरेको बताइन् । 

“भीडले कलेज प्रशासनलाई ‘कश्मिरी विद्यार्थीहरुलाई निकाल’ भन्दै नारा लगाइरहेको थियो ,” उनले बताइन् । 

उत्तर कश्मिरको बरामुल्ला जिल्ला निवासी २३ वर्षे मुहम्मद दाउदले आफू बसेको क्षेत्रमा दिक्षिणपन्थी हिन्दूवादी संगठनले आक्रमण गर्दा घरबेटी आमैले जोगाएको बताए । 
राजधानीमा समेत घृणाको अवस्था

त्यस्तै नयाँ दिल्ली बसोबास गरिरहेकी २५ वर्षे सारा खुरसीदले आफू राजधानीजस्तो स्थानमा कामबाट फर्किरहदाँ छेउमा हिँडिरहेको एक समूहले ‘यी कश्मिरीहरु सेनामाथिको आक्रमण भएकोमा खुसी भएको’ भन्दै चिच्चाउदै गएको भनिन् ।   

उनले  मानिसहरु काश्मिरीप्रति घृणा भाव व्यक्त गरिरहेको बताइन् ।

दक्षिणपन्थी हिन्दू संगठन बजरंग दलका एक सदस्य विकास वर्माले कश्मिरी विद्याथीहरुले कश्मिर हमलापछि ‘ह्वाटएपमा भारतीय अर्धसैनिक फौजको अपमान गरेको’ आरोप लगाए । 

“उनीहरुले समाजिक संजालमा हाम्रा सैनिकहरु विरुद्ध लेखिरहेका छन् । हामीहरुले यीनलाई यी ठाँउ छाड्नलाई २४ घण्टा दिएकाछौं , नत्र उनीहरुले यसको परिणाम भोग्नुपर्नेछ ,” देहरादुनकै वासिन्दा वर्माले भने । 

शनिबार दिल्ली अल्पसंख्यक आयोगका अध्यक्ष जफरुल इस्लाम खानले पुलवामा आक्रमणपछि देशको कयैन स्थानमा कश्मिरीहरुका साथसाथै मुसलमानहरुमाथि घृणा र हातपातका घटना बढेको बताए । 

विहार र जम्मूमा पनि हिंसा
विहारको राजधानी पटनामा पनि एक भीडले शुक्रबार कश्मीरी बजारमा कश्मीरी दोकानहरुमाथि हमला गर्यो । त्यस क्रममा चार जना कश्मिरी दोकानदारहरु घाइते भए । 
आक्रमण पछि उक्त स्थानका सबै कश्मिरी पसलहरु बन्द भएका छन् ।

उता हमला भएको भएको जम्मू काश्मिर प्रदेशको जम्मूमा पनि हिंसा जारी छ । त्यहाँका सडकहरुमा भीडले चलिरहेका गाडिहरु रोकेर आगो लगाइदिरहेका छन् । यस क्रममा ५० भन्दा बढी गाडिहरुमा आगो लागेको त्यहाँको प्रशासनले जनायो । यी हिसांत्मक घटनापछि त्यहाँ कफ्र्यू लगाइएको छ । तर पनि हिंसा भने रोकिएको छैन । 

यी घटनाहरुपछि कश्मिरका गाडि चालकहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले राज्यमा भएको आतकंवादी आक्रमणमा आफूहरुको कुनै भूमिका नहुँदा नहुँदै पनि मानिसहरुले आफूहरुलाई तारो बनाएको दावी गरे । 
–अल जजिराबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप