शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह

मङ्गलबार, ०७ फागुन २०७५, १८ : १०
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडौं– प्रतिनिधिसभाको अर्थ समितिमा पूँजी बजारका सरोकारवालारले पुँजी बजारमा सुधारका कार्यक्रमको आवश्‍यकता रहेको बताएका छन् । समितिको बैठकमा पुँजीबजार विज्ञसहित सरोकारवालाहले पुँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् ।

समितिको बैठकमा पुँजीबजार विज्ञको रुपमा सहभागी भएका गोपाल भट्टले अहिले केही महिनायता पूँजी बजारको दैनिक इन्डेक्समा देखिएको उतारचढाव सामान्य र स्वभाविक रहेको बताए ।

विज्ञ भट्टले सन् २००९ र २०१० प्रतिफल प्राप्ति शत प्रतिशतसम्म भएको र अहिले प्राप्तिमा २९ प्रतिशत सम्म मात्र कम भएको तर्क गर्दै बजारको स्वभाव नै तलमाथि हुने भएकोले अत्तिएर कुनै कदम नचाल्न आग्रह गरे । नेपाली पुँजी बजारलाई राजनीतिको सीधा प्रभाव पर्ने भएकोले नियमनकारी निकायमा बसेका जिम्मेवार व्यक्तिले पुँजी बजारका बारेमा नकारात्मक प्रभाव पर्ने गरि नबोल्न आग्रह गरे ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्याजदर नियन्त्रणको प्रयास गरेको छ । साथै बैंकलाई ब्रोकरको लाइसेन्स दिने बाटो पनि खुला गरिसकेको छ । राष्ट्र बैकको बैंकलाई ब्रोकरको लाइसेन्स दिने व्यवस्थालाई भने ब्रोकर एसोसियसनले विरोध गरेको छ भने नेपाल इन्भेष्टमेन्ट फोरमले स्वागत गरेको छ ।

शेयर बजारका विषयमा मिडियाहरुले दिने समाचारले पनि बजार प्रभावित भएको तर्क इन्भेष्टमेन्ट फोरमको रहेको छ । समितिको छलफलमा नेपाल स्टक एक्सेन्जका महाप्रवन्धक चन्द्रसिंह साउदले पनि अनलाईन प्रणाली कार्यन्वयनमा आए सँगै बजारमा सकारात्मक प्रभाव परेको बताए । पुँजी बजारका बारेमा आएका समाचार गलत भएको पनि उनले बताए ।

प्रतिनिधिसभाको अर्थ समितिले पछिल्लो समय पुँजी बजारमा आएको समस्याबारे सरोकारवालाहरु सँग निरन्तर छलफल गरिरहेको छ । बैंक र पुँजी बजारको बारेमा यसअघि अर्थमन्त्री डा.युवराज खतिवडा र गभर्नर डा.चिरञ्जीवी नेपालसँग समितिले छलफल गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप