शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मञ्चबाटै शिक्षकलाई मन्त्री पोख्रेलको प्रश्न: तपाईका बालबालिका कहाँ छन् ?

मङ्गलबार, ०७ फागुन २०७५, १९ : ०७
मङ्गलबार, ०७ फागुन २०७५

प्यूठान– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले विद्यालय शिक्षकहरुले जागिर खाने ठाउँ नभई देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो भएको बताएका छन् ।

‘स्कुल, कलेज भनेको कुनै व्यक्तिले जागिर खाने ठाउँ होइन  (१० बजेदेखि ४ बजेसम्म रहने)’–मन्त्री पोख्रेलले भने–‘देश बनाउने ठाउँ हो, बालबालिकाहरुलाई राम्रो नागरिक बनाउने ठाउँ हो, उनीहरुको भविष्य बनाउने ठाउँ हो र समृद्ध राष्ट्र निर्माणका लागि नयाँ पुस्ता तयार गर्ने ठाउँ हो ।’ यदि कुनै शिक्षकले बालबालिकालाई सही ढंगले तयार गरिरहेको छैन भने उनीहरुले राष्ट्रको जीवनमाथि खेलवाड गरेको उनले बताए । 

मुक्त माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटाको ६७ औं बार्षिक उत्सव, विज्ञान भवन तथा छात्रा छात्रावास उद्घाटन समारोहमा पुगेका मन्त्री पोख्रेलले विद्यालयलाई बदल्ने भन्दा पनि टे«ड युनियन, राजनीति र अन्य गतिविधिको वरिपरि मात्र छलफल तथा बहसमा केन्द्रीत भइरहेको बताए ।  उनले शिक्षक महासंघलाई यो बदलिएको नेपालको नयाँ व्यवस्था अनुरुप शिक्षा प्रणालीलाई अगाडि बढाइदिन अनुरोध समेत गरे । 

बदलिएको यो परिस्थतिमा सविंधानलाई कार्यान्वयन गर्दै शिक्षाको माध्यमद्धारा परिवर्तनको महसुश हुने गरी कार्य योजना बनाई कार्यान्वयन गर्न जरुरी रहेको छ । एउटा अभिभावकलाई आफ्ना बालबालिकालाई कुन स्कुल भर्ना गर्ने भनेर चिन्तित हुने वातावरणबाट मुक्त गराउनु पर्ने मन्त्री पोख्रेलले बताए । 

मञ्चबाटै शिक्षकलाई मन्त्रीको प्रश्न तपाईका बालबालिका कहाँ छन् ?
‘सरकारी विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना बालबालिका सोही विद्यालयमा भर्ना गर्नुभएको छ ?’ मञ्चबाटै मन्त्री पोख्रेलले शिक्षकहरुलाई प्रश्न गर्दै भने–‘आफ्ना बच्चाहरु नीजि विद्यालयमा लैजाने तर आफुले सरकारी विद्यालयमा पढाउने यो अन्तर विरोधबाट हामी बाहिर निस्किनैपर्छ ।’

शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत सबैले आफ्ना बच्चाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेमा जोड दिँदै उनले भने– ‘तपाइले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका ल्याउनु भनेको समुदाय रुपान्तरण गर्नु हो ।’

शिक्षामा गुणस्तर ल्याउनुपर्ने बताउदैं मन्त्री पोख्रेलले भौतिक संरचनाले मात्र राम्रो शिक्षा प्राप्त नहुँने भन्दै शिक्षा प्रणालीको सुधारको लागि भवन, कोठाहरु, प्रयोगशालाहरु, पुस्तकालय, खेल मैदान, स्वच्छ हावा र शान्त वातारण जरुरी हुने बताए । 

भारतीय राजदूतावासको सहयोग तथा प्रतिमान निमा स्मृति प्रतिष्ठानको पहलमा मुक्ति माविमा सुविधायुक्त विज्ञान भवन निर्माण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप