बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टुसाल डिभिजन लिगको शीर्ष स्थानमा, मध्यपुर युथ १–० गोलले पराजित

मङ्गलबार, ०७ फागुन २०७५, २० : १८
मङ्गलबार, ०७ फागुन २०७५

काठमाडौं । टुसाल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । समूह ‘बी’ मा रहेको टुसालले मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई १–० गोलले हरायो । टुसालको जितमा एलन राईले पेनाल्टीमा गोल गरेका थिए । लिगमा चार खेल सकेको टुसालले १० अंक बनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा मंगलबारनै भएको समूह ‘ए’ को अर्को खेलमा झम्सिखेल युथ क्लबले श्रीकुमारी क्लब युथ क्लबलाई २–१ गेलले हरायो । झम्सिखेलका भुवन राईले पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । 

४९औं मिनेटमा श्रीकुमारीका विवेक राईले बराबरी गोल फर्काए । श्रीकुमारीका यज्ञ प्रधानले ८४औं  मिनेटमा आत्माघाति गोलगरेपछि झम्सिखेल विजयी भएको थियो । चार खेल सकेको झम्सिखेलको ८ अंक छ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा १२ क्लबले भाग लिएका छन् ।

लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप