शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुपर स्नो मूनः पृथ्वीको ४९ हजार किलोमिटर नजिक आयो चन्द्रमाः १४ प्रतिशत ठूलो, ३० प्रतिशत बढी चम्किलो देखियो

बुधबार, ०८ फागुन २०७५, ०९ : ५६
बुधबार, ०८ फागुन २०७५

मंगलबार राती चन्द्रमा पृथ्वीको ४९ हजार चार सय दुई किलोमिटर नजिक आयो । खगोलीय भाषामा यसलाई सुपर स्नो मून भनिन्छ । यसलाई अमेरिकामा हंगर मून पनि भनिन्छ ।

यो खगोलीय घटनाको क्रममा चन्द्रमा  पृथ्वीको सबैभन्दा नजिक (३,५६,८४६ किमी) आयो जसका कारण चन्द्रमा अरु दिनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो रह्यो । चन्द्रमा धर्तीभन्दा ३ लाख ८४ हजार किलोमिटर टाढा छ ।

नासाका अनुसार मंगलबार दिउँसो दुई बजेर ४९ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक थियो । यस्तै, फूल मून भने नेपालबाट ९ बजेर ३९ मिनेटमा देखिएको थियो ।

यसकारण भनिन्छ सुपर स्नो मूनः

अमेरिकी र युरोपेली नागरिकले सबैभन्दा पहिले सुपर स्नो मून शब्दको प्रयोग गरेका थिए । वास्तवमा, यसलाई फेब्रुअरीमा पर्ने हिउँसँग जोडिएको थियो । अर्थात्, फेब्रुअरीमा जब पूर्णिमा हुन्छ तब यसलाई सुपर स्नो मून भनिन्छ ।

चिसो मौसममा अमेरिका–युरोपमा खाद्यान्नको कमी हुने भएकाले पनि यसलाई सुपर हंगर मून पनि भनिन्छ ।

२० मार्चमा देखिनेछ सुपर मूनः

अर्को सुपर मून यही मार्च २० मा देखिनेछ । यतिबेला चन्द्र सूर्यभन्दा ३६०७७२ किलोमिटर टाढा हुनेछ । यद्यपी, यो मंगलबार देखिएको सुपर स्नो मूनभन्दा ३९२६ किलोमिटर टाढा नै हुनेछ । यसअघि यसै जनवरीमा सुपर ब्लड मून देखिएको थियो । यतिबेला चन्द्रमा एक समयमा रक्तिम रातो भएको थियो ।

नासाका अनुसार अर्को सुपरमून ७ वर्षपछि अर्थात् २०२६ मा देखिनेछ । यसअघि सन् २०१६ नोभेम्बर १४ मा सुपरमुन देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप