शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पैसा लिएर राजनीतिक पार्टीको प्रचार गर्छन् यी बलिउड कलाकार

बुधबार, ०८ फागुन २०७५, १२ : २५
बुधबार, ०८ फागुन २०७५

मुम्बई – भारतको फिल्मी उद्योगले अर्थतन्त्रको ठूला हिस्सा ओगटेको छ । जसको प्रभाव राजनीतिदेखि देशको विभिन्न क्षेत्रसम्म परेको पाइन्छ । राजनीतिक पार्टी र कलाकारबीच राजनीतिक घटनाक्रममा मात्र होइन चुनावी माहोलमा पनि राम्रो सम्बन्ध रहने गर्छ । 

प्रायः चुनावी माहोलमा कलाकारहरु राजनीतिक पार्टीका कार्यक्रममा सहभागी हुने क्रम ह्वात्तै बढ्ने गर्छ । चुनाव आउने वित्तिकै बलिउडका फिल्म स्टारहरु नेतासँग देखिन थाल्छन् । धेरैजसो कलाकारहरु नेताको पक्षमा उभिन सुरु गर्छन् । 

तर किन बलिउड कलाकार राजनीतिक नेताको पछाडि लाग्छन् त ? धेरैको चासोको विषय बन्ने गरेको यो प्रश्नको उत्तर भारतीय पत्रिका ‘कोबरा पोस्ट’ ले निकालेको रिपोर्टले दिने प्रयास गरेको छ । बलिउड कलाकार सनी लियोनी, राखी सावन्त, मीका र ज्याकी श्राँफ जस्ता कलाकाल पैसा लिएर राजनीतिक नेता र पार्टीको प्रचार गर्ने कुरा उल्लेख गरेको छ । 

कोबरा पोस्टको अनुसार सनी लियोनीजस्ता कलाकारले आफ्ना निजी स्वार्थको लागि राजनीतिक पार्टीको प्रचार गरेको र अन्य कलाकारले पैसा लिएर प्रचार प्रसार र समर्थन गर्ने गरेका छन् । यसमा अभिनेता÷अभिनेत्री, गायक÷गायिका, हाँस्यकलाकार जस्ता कलाकार पर्छन् । यसमध्ये धेरैले बीजेपीको प्रचार गर्न तयार भएको कोबरा पोस्टमा उल्लेख छ ।

कोबरा पोस्टको ‘अपरेशन कराओके’ मा गायकहरु अभिजीत भट्टाचार्य, कैलाश खेर, मीका सिंह, बाबा सहगल साथै अभिनेताहरुमा ज्याकी श्राँफ, विवेक ओबराय, शक्ति कपूर, सोनू सूद, अमीषा पटेल, महिमा चौधरी, श्रेयस तलपन्डे, हितेन तेजवानी जस्ता कलाकारको नाम सामेल भएको छ ।

त्यसैगरी अभिनेत्रीमा सनी लियोनी, राखी सावन्त, मिनिषा लान्बा, कोइना मित्रा, पूनम पाण्डेको नाम आएको छ भने हाँस्य कलाकारमा राजू श्रीवास्तव, सुनील पाल, राजपाल यादव, उपासना सिंह, कृष्णा अभिषेक, विजय ईश्वरलाल पवार, कोरियोग्राफर गणेश आचार्य र डान्सर सम्भावना सेठको नाम उल्लेख गरिएको छ । 

कलाकारले आफनो स्वार्थको लागि मात्रै राजनीतिक पार्टीको प्रचार प्रसारमा लागेर आफ्ना दर्शक र प्रशंसकलाई तान्ने काम गर्नु धोका भएको उक्त रिपोर्टमा बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप