शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनिल अम्बानीलाई सर्वोच्चको ठूलो झट्काः चार हप्ताभित्र पैसा तिर नभए जेल जाउ

बुधबार, ०८ फागुन २०७५, १३ : ४९
बुधबार, ०८ फागुन २०७५

सर्वोच्च अदालतले रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीलाई जानीजानी अदालतको आदेशको उल्लंघन गरेको र टेलिकप उपकरण बनाउने कम्पनी एरिक्सनलाई ५५० करोड भारु बक्यौता भुक्तानी नगरेको भन्दै बुधबार अदालतको मानहानीमा दोषी ठहर गरेको छ ।

भारतीय मिडियाका अनुसार सर्वोच्च अदालतले अम्बानी, रिलायन्स टेलिकमका अध्यक्ष सतिश सेठ र रिलायन्स इन्फ्राटेलकी अध्यक्ष छाया विरानीले अदालतमा दिएको आश्वासन र यससँग जोडिएको आदेशको उल्लंघन गरेको बताएको छ । अदालतले उनीहरुलाई चार हप्ताभित्र ४५३ करोड भारु चुकाउनु पर्ने आदेश दिएको छ । तोकिएको समयमा रकम भुक्तानी गर्न नसके तीन महिना जेल सजाय भोग्नुपर्ने अदालतले बताएको छ ।

मामला एरिक्सन इन्डियालाई ५५० करोड रुपैयाँको बक्यौता राशी दिनेबारे हो । अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष अनिल अम्बानी र अन्यविरुद्ध बक्यौता रकम नबुझाएकोमा टेलिकम उपकरण निर्माता एरिक्सनले सर्वोच्च अदालतमा तीनवटा मुद्दा दर्ता गरेको थियो ।

सर्वोच्च अदालतले रिलायन्स टेलिकम र रिलायन्स इन्फ्राटेललाई चार हप्तामा सर्वोच्च न्यायालयको रजिस्ट्रीमा एक–एक करोड भारु जम्मा गर्न पनि भनेको छ । यस्तो नगरे एक महिनाको अतिरिक्त जेल सजाय हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप