शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रिटिस कलेजको अन्तर कलेज फोटोग्राफी प्रतियोगितामा विजयवार, राजु र आयुष विजयी

बुधबार, ०८ फागुन २०७५, १५ : २६
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–द ब्रिटिस कलेजले आयोजना गरेको अन्तर कलेज फोटोग्राफी प्रतियोगितामा एभरेष्ट फिल्म एकेडमीका विजयवार प्रधान, आएसएमटीका राजु महर्नज र काठमाडौँ विश्वविद्यायल स्कुल अफ एजुकेशनका आयुष चित्रकार विजयी भएका छन् । 

तीन विधामा फोटोग्राफी प्रतियोगिता गराइएको थियो । उनीहरुले क्रमश स्पोर्टस, कलेज लाइफ र ट्राभल विधामा विजयी भएका हुन् ।

प्रतियोगितामा जजको भूमिकामा द ब्रिटिस कलेजका प्रिन्सिपल जोय फोस्टर एलिस, फोटोग्राफी एक्सपर्ट प्रसित स्थापित र पुकार तिमल्सेना रहेका थिए ।

पहिलो सर्ट लिस्टमा २० वटा फोटोहरु छानिएका थिए भने दोस्रो सर्ट लिस्टमा १५ वटा फोटोहरु छानिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप