बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

बुधबार, ०८ फागुन २०७५, १६ : ११
बुधबार, ०८ फागुन २०७५

काठमाडौं–महालक्ष्मी बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार महालक्ष्मी बिकास बैंकले देशभर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्बाधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौंं, पोखरा र बीरगंजबाट कारोबार प्रारम्भ गरिसकेको छ ।

यहि फागुनभित्र बांकी १० वटा शाखा बिर्तामोड, इटहरी, जनकपुर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपुर, सुर्खेत र धनगढीबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा महालक्ष्मी बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप