शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भैरहवामा सुबिसुको नयाँ शाखा, ईन्टरनेट तथा टिभी सेवामा बिषेश छुट

बुधबार, ०८ फागुन २०७५, १६ : ३८
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– सुबिसु केवलनेटले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँशाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरेका छन् ।

यस शाखाबाट सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसुसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदानगर्ने, कम्पनीका बिभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको सहयोग आफ्ना दक्ष तथा अनुभवी कर्मचारीहरुबाट प्रदान गर्नेछ । 

साथै भैरहवा आसपासका उपभोत्ताहरुलाई समय र ग्राहकको चाहना अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटीटीएच ईन्टरनेट तथा क्लियर टिभी सेवा सहुलियत दरमा प्रदान गर्ने जनाएको छ । 

क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एचडी) च्यानलहरु हेर्न सकिने छ । भने एफटीटीएच सेवामा न्युनतम १५ एमबीपीएस गति देखि १ सय एमबीपीएस गतिसम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ । 

यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप