प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
विराटनगर– प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गरेका थिए ।
उनले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून बनेमा सबै क्षेत्रलाई काम गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । उनले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिलेसम्मकै सबैभन्दा ठूलो र १३७ दफामा रहेको जानकारी दिए ।
बैठकमा शून्य समयमा सदस्य खिनु लाम्बा लिम्बूले पूर्वी नेपालको इलामका लागि सुहाउँदो हावापानी र माटो अनुकूल चियाको बिरुवा उत्पादन गर्न माग गरे । उनले चियालाई आवश्यक पर्ने जनशक्ति र अनुसन्धान केन्द्र पनि स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । सदस्य नारायणबहादुर मगरले उदयपुरका केही स्थानमा सुख्खा अनुभूति भएकाले बाँच्नका लागि पनि प्रदेश सरकारले राहत बाँड्नु पर्ने बताए ।
सदस्य पूर्णप्रसाद राईले सङ्खुवासभाको बरुण नदी धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस नदीमा जलविद्युत्का लागि सञ्चालन हुने परियोजना रोक्नुपर्नेमा जोड दिनुभयो । सदस्य लीला सुब्बाले प्रदेशको राजधानी सबै कुराले परिपूर्ण धनकुटा बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सदस्य सञ्जाकुमारी दनुवारले उदयपुरको त्रियुगा हवाई मैदान बन्नाउन माग गरे । प्रदेशसभाको अर्को बैठक यही फागुन ९ गते बिहान ११ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा