बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो धनगढी प्रिमियर लिग : सिवाईसी अत्तरिया फाइनलमा

बुधबार, ०८ फागुन २०७५, १७ : ५६
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– सिवाईसी अत्तरिया तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले बुधबार भएको खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हरायो ।

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८.३ ओभरमा सबै विकेट गुमाएर ६९ रनमा समेटिएको थियो । काठमाडौंका लागि गौरव तमोरले सर्वाधिक २६ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११–११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्  । काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेलले तीन विकेट लिए । भुवन कार्की र कमल सिंह ऐरीले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । सन्नी पटेल २८, सुबेन्धु पाण्डेले १६ र जय किशन कोल्शावालाले १३ रन बनाए । बलिङमा काठमाडौंका अंकित दबास र सुर्य तामाङले दुई दुई तथा राशिद  खान र योगेन्द्र सिंह कार्कीले एक–एक विकेट झारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप