शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहिद स्मारक ‘बी’ डिभिजन लिग : खुमलटारको पहिलो जित

बुधबार, ०८ फागुन २०७५, १८ : १५
बुधबार, ०८ फागुन २०७५

काठमाडौं– खुमलटार युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोवाटो मैदानमा बुधबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ३–१ गोलले हरायो ।

खेलमा सुरुवाती अग्रता पुल्चोकले लिएको थियो । पुल्चोकका टिकाराज गुरुङले पाँचौं मिनेटमा गोल गरेका थिए । त्यसपछि खुमलटारका निरन श्रेष्ठले २८ औं मिनेटमा बराबरी गोल गरे । ५४ औं मिनेटमा आशिक परियार र दोस्रो हाफको इन्जुरी समयमा सविन केसीले गोल गर्दै खुमलटारको जित सहज बनाए ।

बुधबारनै भएको अर्को खेलमा सातदोवाटो युथ क्लब र आरसीटीले  गोलरहित बराबरी खेले । राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा ‘बी’ डिभिजनका १२ क्लबले भाग लिएका छन् ।

लिगको विजेता टोलीले ८ लाख, उपविजेताले ५ लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप